नवलपरासीबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ 

लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिका–२१, बस्ने २८ वर्षीय श्याम मगर भन्ने समिर गुरुङ पक्राउ

कार्तिक ९, २०८२

माधव अर्याल

Prisoner who escaped from Nawalparasi arrested in Palpa

पाल्पा — गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअन्तर्गत २४ गते नवलपरासी कारागारबाट फरार रहेका कैदीबन्दी पाल्पाबाट आइतबार पक्राउ परेका छन् ।

कारागार कार्यालय नवलपरासीमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिका–२१, बस्ने २८ वर्षीय श्याम मगर भन्ने समिर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । 

प्रहरीको निरन्तर निगरानी तथा गोप्य सूचनाको आधारमा आइतबार बिहान अन्दाजी ३ बजेतिर प्रहरी चौकी प्रभास पाल्पाबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रभासनजिकै निजकै ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा फेला पारी नियन्त्रणमा लिई कारागार कार्यालय पाल्पामा पठाइएको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीले यसअघि दुई जना फरार कैदीबन्दीलाई पक्राउ गरी कारागार पठाइसकेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully