बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रबहादुर कँडेलले मान्छेलाई आक्रमण गर्ने बाघको पहिचानका लागि काम भइरहेको बताए ।

कार्तिक ८, २०८२

रूपा गहतराज

One person dies in tiger attack in Banke

नेपालगन्ज — बाँकेमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-९, गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएको हो ।

रिम्ना सामुदायिक वनमा घाँस काट्न गएका खत्री सम्पर्कविहीन भएपछि स्थानीयले खाेजतलास गरेका थिए ।

उनको शव क्षतविक्षत अवस्थामा फेला परेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रबहादुर कँडेलले मान्छेलाई आक्रमण गर्ने बाघको पहिचानका लागि काम भइरहेको बताए ।

बाँके राष्ट्रिय निकुन्जमा यस्ता घटना दोहोरिरहँदा निकुञ्ज आसपासका सर्वसाधारण त्रसित  छन् ।

रूपा

Link copied successfully