दाङमा जुवा खेलेको आरोपमा १२ जना पक्राउ

दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले जुवा खेलिरहेको अवस्थामा १ लाख ३२ हजार ५ सय ८० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको शाहले बताए ।

कार्तिक ७, २०८२

दुर्गालाल केसी

12 people arrested on charges of gambling in Dang

दाङ — जुवा खेलेको आरोपमा घोराहीमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–७ सौडियारमा बिहीबार जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले जुवा खेलिरहेको अवस्थामा १ लाख ३२ हजार ५ सय ८० रुपयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको शाहले बताए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–७ शुक्रवारका ३१ वर्षीय नेक बहादुर चौधरी, ३६ वर्षीय कमल चौधरी, ३० वर्षीय एकराज चौधरी, ३० वर्षीय विनोद चौधरी, २६ वर्षीय सिताराम चौधरी र ३० वर्षीय अमिस चौधरी छन् ।

यसैगरी घोराही–७ डबरगाउँका ३१ वर्षीय शंकर चौधरी, ३९ वर्षीय कालुराम चौधरी र घोराही–७, राजपुरका २२ वर्षीय उज्वल चौधरी पक्राउ परेका छन् ।

यस्तै घोराही–१५ का २१ वर्षीय सुनिल विष्ट, ३८ वर्षीय बसन्त डिसी र २२ वर्षीय टुकमान विष्ट पनि पक्राउ परेको डिएसपी शाहले बताए । उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully