तीन लाख बराबरका पटाका नष्ट

तीन दिनयता अवैध रूपमा भारतबाट भित्र्याइएका पटाका नष्ट गरिएका हुन् ।

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Firecrackers worth Rs 3 lakh destroyed

बर्दिया — सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले प्रतिबन्धित पटाका यहाँका विभिन्न नाका र व्यवसायीले बिक्री गर्न लागेको अवस्थामा बरामद गरी नष्ट गरेको छ ।

बरामद भएका पटाकामा रकेट, भुइँचम्पा, सुतली बम लगायत रहेको र तिनको मूल्य ३ लाख रहेको प्रहरीले जनाएको छ । 

तीन दिनयता अवैध रूपमा ती पटाका भारतबाट भित्र्याइएका हुन् ।

शुक्रबार उक्त पटाका भन्सार कार्यालय बर्दियाको हाताभित्र नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल बर्दियाका गणपति मानबहादुर शाहीले अवैध रुपमा भित्रिएका पटाका एउटैको मूल्य ५० देखि ६ हजार रुपैयाँसम्म रहेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully