मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अर्घाखाँची र गुल्मीको सीमाना खर्ज्याङमा रहेको पब्लिक लुम्बिनी हस्पिटल प्रालिमा उपचार गर्दा-गर्दै २१ वर्षीय तारा बेल्वासे र ३५ वर्षीय सुनारको मृत्यु भएको हो ।

आश्विन ३०, २०८२

वीरेन्द्र केसी

Two people died in a motorcycle collision

अर्घाखाँची — दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका–१ चिदिकास्थित सौरेखोलाबाट दुर्गा फाँटतर्फ जाँदै गरेको  लु ५८ प ७७८ नम्बरको तारा बेल्वासेले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आएको  लु ३३ प ६५४४ नम्बरको सुमन सुनारले चलाएको मोटरसाइकल सौरेखोला खर्ज्याङमा एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

अर्घाखाँची र गुल्मीको सीमाना खर्ज्याङमा रहेको पब्लिक लुम्बिनी हस्पिटल प्रा.लि.उपचार गर्दा-गर्दै २१ वर्षीय बेल्वासे र ३५ वर्षीय सुनारको मृत्यु भएको हो । बेल्वासे अर्घाखाँची पाणिनि गाउँपालिका–५ मैदानका हुन भने सुनार गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोर गाउँका स्थानीय हुन ।

मोटरसाइकलको पछाडि बसेका मैदानका १८ वर्षीय दिपा कोइराला र दौघाका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरूलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

वीरेन्द्र

Link copied successfully