यसअघि तुलसीपुर कारागारबाट भागेका १ सय ५५ जना कैदीबन्दी पक्राउ परिसकेका छन् ।
दाङ — तुलसीपुर कारागारबाट भागेका थप ६ जना कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही उपमहानगरपालिका–५ का बसन्त सार्की, ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय भुक्तान गर्दै आएका सल्यानको कालिमाटी गाउँपालिका–७ का जिउपाल दमाई रहेका छन् ।
यसैगरी कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका राप्ती गाउँपालिका–८ पिपरीका बुधराम चौधरी, जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्तीमगर र जबरजस्ती करणी मुद्दामै १८ वर्ष कैद सजाय भोग्दै आएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली पक्राउ परेका छन्।
उनीहरूलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
तुलसीपुर कारागारबाट भाद्र २४ गते १ सय २४ र २५ गते १ सय २९ जना कैदीबन्दी जेलको मूल गेट तोडेर भागेका थिए । यसअघि १ सय ५५ जना पक्राउ परिसकेका थिए ।
