चार दिनअघि बेपत्ता बालिकाको शव खोला किनारमा

आफन्तको घरमा विवाह भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

आश्विन २०, २०८२

कमल पन्थी

Four days ago, the body of the missing girl was found on the river bank

बर्दिया — गेरुवा गाउँपालिका–५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव बेपत्ता भएको चार दिनपछि सोमबार फेला परेको छ ।

असोज १७ गते शुक्रबार करिब ३ बजे गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । 

सानो साइकल चढेर उनी विवाह भोजमा गएकी थिइन् । गणेशपुरस्थित घरदेखि २ किमि उत्तर गुडी खोलाको किनारमा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी कविन्द्रसिंह बोहोराले बताए । 'घटनास्थलमा उनको चप्पल, लगाएको लुगा र साइकल समेत फेला परेको छ,’ उनले भने ।

स्थानीय बासिन्दाले बालिकाको मृत्यु शंकास्पद भएको बताएका छन् । प्रहरीले शव परीक्षणका लागि नेपालगन्ज लैजाने जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully