गुल्मीमा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु

मदाने गाउँपालिका-५ झ्यानपानीका २३ वर्षीय नेरसिंह बिक र २२ वर्षीया सुन्तली बिककी छाेरी चार वर्षीया रियासा बिककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।

आश्विन ९, २०८२

सन्तोष महतारा

A four-year-old girl died due to lightning in Gulmi

गुल्मी — गुल्मीमा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने गाउँपालिका-५ झ्यानपानीका २३ वर्षीय नेरसिंह बिक र २२ वर्षीया सुन्तली बिककी छाेरी चार वर्षीया रियासा बिककाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।

प्रहरीका अनुसार गत राति साढे ११ बजेको समयमा अचानक चट्याङ पर्न जाँदा सुतिरहेकै अवस्थामा छाेरीकाे मृत्यु र बुबाआमा घाइते भएका हुन् । स्थानीय मेडिकलका सामान्य उपचारपछि उनीहरूको हाल प्यूठान अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय पुर्काेट दहबाट प्रहरी निरीक्षक रेवन्त वलीकाे कमान्डमा टाेली खटिएको छ । गुल्मीमा बुधबार मात्रै पनि चट्याङ लागेर धुर्काेट गाउँपालिका-७ का ५८ वर्षीय कृष्णप्रसाद पन्थी, इस्मा गाउँपालिका-४ की ४६ वर्षीया निर्मला खत्री र इस्मा गाउँपालिका-५ की २५ वर्षीया कालिका खत्री घाइते भएका थिए ।

त्यस्तै, मालिका गाउँपालिका-४ का दुर्गाप्रसाद अर्यालका दुई वटा गाेरु र चिरञ्जीवी अर्यालका एक वटा गाेरु चराउने क्रममै चट्याङ लाग्दा मरेको प्रहरीले जनाएको छ । 

सन्तोष

Link copied successfully