मंगलबारदेखि अर्को आदेश नभएसम्म राति १० देखि बिहान ५ बजेसम्म निषेधाज्ञा लगाइने भएको हो । भदौ २८ देखि प्रत्येक दिन साँझ ६ देखि बिहान ६ बजेसम्मको निषेधाज्ञा जारी गरेको थियो ।
बर्दिया — जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिकामा निषेधाज्ञाको समय घटाएको छ ।
मंगलबारदेखि अर्को आदेश नभएसम्म राति १० देखि बिहान ५ बजेसम्म निषेधाज्ञा लगाइने भएको हो । भदौ २८ देखि प्रत्येक दिन साँझ ६ देखि बिहान ६ बजेसम्मको निषेधाज्ञा जारी गरेको थियो ।
गुलरियाको पूर्व गणेशपुरदेखि पश्चिम बबई क्याम्पस, उत्तरमा जिल्ला समन्वय समितिको कार्यालय र दक्षिणमा भारतीय सीमा नाकासम्म निषेधाज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । नागरिकको सुझाव र जिल्ला सुरक्षा समितिको समीक्षाबमोजिम अर्को आदेश नभएसम्म जारी रहने प्रजिअ पौडेलले जनाए ।
आदेशको बर्खिलाप गरी बिनास्वीकृति ५ जनाभन्दा बढी व्यक्ति आवतजावत गरे वा भेला, जुलुस, सभाजस्ता निषेधित कार्य गरे सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारबाही गर्ने भनिएको छ ।
निषेधाज्ञाका समयमा आवश्यक काम परे प्रहरी प्रशासनलाई जानकारी गराउनु पर्ने छ । चाडपर्वका समय हुन सक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा लागू गरेको सुरक्षा स्रोतले बतायो ।