प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना ( जनप्रतिनिधि र कर्मचारी) तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ । ।
नवलपरासी — बर्दघाट नगरपालिकाले भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही सुरु गरेको छ ।
बर्दघाट नगरपालिकाका मेयर, उपमेयर, पूर्वमेयर र संविधान सभा सदस्य विक्रम खनाललगायतका नेताका घरमा भएको आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारी नै संलग्न भएको भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको हो
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बुधबार मेयर शम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको जानकारी दिए ।
तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउनेसम्मको कारबाही गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिए । प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना ( जनप्रतिनिधि र कर्मचारी) तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ । ।
