मायादेवी मन्दिर परिसरमा आयोजित प्रार्थनामा आन्दोलनमा घाइते भएका युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो ।
लुम्बिनी — लुम्बिनीमा रहेका भिक्षु लामा–गुरुले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै आन्दोलनमा होमिएर मृत्यु भएका युवाको सुगति लोकको कामना गरेका छन् ।
लुम्बिनी बुद्ध धर्म संघ संरक्षण संघको आयोजनामा मायादेवी मन्दिर परिसरमा आयोजित प्रार्थनामा आन्दोलनमा घाइते भएका युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संघका सल्लाहकार भिक्षु सागर धम्मको संयोजकत्वमा आयोजित कार्यक्रममा लुम्बिनीस्थित थेरवादी र महायानी सम्प्रदायका भिक्षु, भिक्षुणी र लामा–गुरु सहभागी थिए ।
त्यस्तै, मुलुकभर शान्ति, सद्भाव र सहिष्णुता कायम होस् भनेर कामना पनि गरिएको थियो । उक्त अवसरमा मायादेवी मन्दिर गेटअघि बौद्ध परम्परा अनुसार १ सय ८ द्विप प्रज्वलन गरिएको थियो ।
