पक्राउ परेका उनीहरुले नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालयलगायत विभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ।
नेपालगन्ज — भदौ २४ गते नेपालगन्जका सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको बताए ।
उनले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको तथा अन्यको पहिचान र खोजी गर्ने कार्य भइरहेको सुनाए ।
पक्राउ परेका पाठक र टमाटाले नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालयलगायत विभिन्न सरकारी कार्यालय र सवारी साधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ।
भदौ २४ गते आन्दोलनका क्रममा तिन दर्जन बढी सरकारी कार्यालय, चार स्थानीय तहका कार्यालय र ६ वटा वडा कार्यालयका साथै तीन प्रमुख दलका नेपालगन्ज र कोहलपुरमा रहेका पार्टी कार्यालय जलाइएका थिए ।
