नारायणीको बाढीले सुस्तामा १५ घर जलमग्न 

सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो ।

आश्विन १, २०८२

नवीन पौडेल

15 houses submerged in Susta due to Narayani flood

परासी — नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो ।

पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम भइरहेको र बस्ती विस्थापित हुनुपर्ने गरेर बाढी नपसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए । 

तीनतर्फबाट नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्तीमा नारायणी नदीमा बाढी आएपछि हरेक वर्ष जलमग्न हुने गरेको छ । नदीमा पानीको सतह घट्दो क्रममा रहेकाले जोखिम कम हुँदै गएको स्थानीय मन्सी गुप्ताले बताए । 

बस्तीमा पानी पस्ने जोखिम बढेपछि सुस्ताबासी आफैं बाँध बाध्नका लागि कस्सिएका थिए । मंगलबारदेखि परेको वर्षाको कारण नारायणी नदीमा बाढी आएको हो । बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ को सुस्ता बस्ती नजिकै कटान गरेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully