विभिन्न कारागारबाट भागेका सातजना कैदीबन्दी बर्दियाबाट पक्राउ

विभिन्न कारागारबाट भागेका थप चार जनासहित सात जना कैदीबन्दीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

भाद्र ३०, २०८२

कमल पन्थी

Seven prisoners who escaped from different prisons were arrested from Bardia

बर्दिया — नख्खु, केन्द्रीय कारागार सुन्धारा, दाङ तुलसीपुर र दार्चुला कारागारबाट फरार भएका थप चार जनासहित सात जना कैदीबन्दीलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

बर्दिया बारबर्दिया नगरपालिका–९ बनगाईका ५३ वर्षीय जबर्जस्ती करणी मुद्दाका फरार अभियोगी हरिराज उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ ।

कैलाली घोडाघोडी नगरपालिका–६ का ७३ वर्षीय कालु भनिने कालु दमई जबर्जस्ती मुद्दाका फरार अभियोगीलाई पक्राउ गरेको छ । उनी दाङ तुलसीपुर कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् डिएसपी चक्रडमर पालले बताए । दार्चुला कारागारबाट फरार अन्दाजी ४०/०४१ वर्षका मानबहादुर विक पक्राउ परेका छन् ।

'उनी सुर्खेत मैनतारा गाउँपालिका–२ का विक मानव बेचबिखन मुद्दाका फरार कैदी पक्राउ परेका हुन्', डिएसपी पालले भने, ‘बर्दिया बढैयाताल गाउँपालिका–७ पचासाका ४९ वर्षीय मनिराम दमई केन्द्रीय कारागार सुन्धारा कारागारबाट फरार कैदी पक्राउ परेका छन् । उनीमाथि हाडनाता करणीको अभियोग छ ।

बर्दियामा हालसम्म सात जना फरार कैदी पक्राउ परेको प्रहरीले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully