सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर र महाराजगन्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले बाजागाजासहित र्याली, सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै मोहम्मद डे मनाएका हुन् ।
कपिलवस्तु — ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार यहाँ मनाइएको छ ।
सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर र महाराजगन्जलगायत विभिन्न क्षेत्रमा मुस्लिम समुदायले बाजागाजासहित र्याली, सभा र सामाजिक सेवामुखी कार्यक्रम गर्दै मोहम्मद डे मनाएका हुन् ।
तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानबाट सुरु भएको र्याली नयाँटोल हुँदै गौढीचोक भवानी भिक्षुचोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन भएको थियो ।
मोहम्मद डे का दिन मुस्लिम परिवारले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको मुस्लिम अगुवा रउफअहमद खाले बताए । साथै यस दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने परम्परा रहेको उनले बताए ।
मुस्लिम धर्मगुरुका अनुसार पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा बिबी अमिनाको कोखबाट भएको थियो । ईस्लाम धर्मका अन्तिम सन्देशवाहकसमेत रहेका उनले ६३ वर्षको उमेरमा मदिनामा देहत्याग गरेका थिए ।