विस्फोटक पदार्थ घटनाका मुख्य योजनाकार पक्राउ

कपिलवस्तु नगरपालिका-११, रेहराका हाकिमअली मुसलमानलाई भदौ १७ गते बिहान ११ बजेतिर रेहरा आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । ‍

भाद्र १८, २०८२

मनोज पौडेल

The main planner of the explosive incident was arrested

कपिलवस्तु — गत जेठ १७ गते बिहान मायादेवी गाउँपालिका-१ पकडीस्थित नवीनकुमार श्रीवास्तवको घर अगाडि पान टंकी पसलको खाटमुनी प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राख्ने मुख्य योजनाकार पक्राउ परेका छन् ।

कपिलवस्तु नगरपालिका-११, रेहराका हाकिमअली मुसलमानलाई भदौ १७ गते बिहान ११ बजेतिर रेहरा आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । ‍आरोपीलाई बुधबारै अदालत पेस गरिएको छ ।

घटनाका दुई सहयोगी भने अदालतबाट धरौटीमा छुटेका छन् । तीन जनालाई विष्फोटक पदार्थसम्बन्धी कसुर लगाएर अदालत पेस गरिएको थियो । 

शंकास्पद बस्तु जेठ १७ मै सेनाको टोलीले निष्क्रिय बनाएको थियो ।

मनोज पौडेल

Link copied successfully