वार्षिकोत्सवको अवसरमा पञ्चकन्या समूहद्वारा रक्तदान

पहिलोपटक रक्तदान गर्ने महिलालाई प्रोत्साहन गर्दै समूहले प्रमाणपत्र र विशेष उपहारको व्यवस्था गरेको थियो।

भाद्र १६, २०८२

दीपेन्द्र बडुवाल

Blood donation by Panchakanya Group on the occasion of anniversary

भैरहवा — आफ्नो ५३ औं वाषिकोत्सव अवसरमा रूपन्देहीको कोटिहवास्थित पञ्चकन्या समूहले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समूहले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएकाले यसपटक पनि निरन्तरता दिएको जनाएको छ ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले मुलुकमा रगत अभाव पूर्तिका लागि हरेक वर्ष वार्षिकोत्सवमा रक्तदान आयोजना गर्दै आएको बताए । यसपटक सोमबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म उद्योग परिसरमा रक्तदान सञ्चालन गरिएको थियो ।

कार्यक्रममा उद्योगमा कार्यरत २ सय मजदुरले रक्तदान गरेका छन् । यसबाहेक उद्योग आसपासका साथै जिल्लाका विभिन्न क्षेत्रमा रहेका सामाजिक संस्था, क्लब, औद्योगिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणले पनि रक्तदान गरेको महाप्रबन्धक साहुले जानकारी दिए । 

औद्योगिक समूहले मानिसको जीवन बचाउन मद्दत गर्ने भएकाले रक्तदानका लागि सार्वजनिक आह्वान गरेको थियो । जसले गर्दा जिल्लाका २० किलोमिटर टाढाबाट सर्वसाधारण रक्तदान गर्न आएका थिए । 

समूहले रक्तदानमा सहभागी हुने महिलाका लागि प्रमाणपत्रका साथै विशेष उपहारसमेत व्यवस्था गरेको थियो । रक्तदानमा महिलालाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको साहुले बताए ।

दीपेन्द्र बडुवाल

Link copied successfully