कपिलवस्तुका ८ स्थानीय तहमा आइतबार बिदा

बड्का अट्वारी (बड्की आइतबार) पर्वका दिन ८ स्थानीय तहले बिदा दिएका हुन् ।

भाद्र १४, २०८२

मनोज पौडेल

Sunday holiday at 8 local levels of Kapilvastu

कपिलवस्तु — थारु र मधेशी समुदायले मनाउने बड्का अट्वारी (बड्की आइतबार) पर्वका दिन यहाँका आठ स्थानीय तहले बिदा दिएका छन् । भदौ १५ गते पर्ने पर्वका दिन आइतबार शिवराज नगरपालिका, वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र महराजगन्ज नगरपालिकाले बिदा दिएका छन् ।

त्यस्तै विजयनगर गाउपलिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाले बिदा दिएका छन् । नगर र गाउँपालिकाका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) लगायतका संस्था बन्द रहने सूचना जारी गरिएको छ ।

यहाँ १० स्थानीय तह छन् । लुम्बिनी प्रदेश सरकारले भने गत आइतबार बड्की आइतबारको पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully