पश्चिम नवलपरासीका तीन स्थानीय तहमा भदौ १५ गते बिदा
परासी — थारू समुदायको ‘बड्का अत्तवारी’ (ठूलो आइतबार ) पर्वमा लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते बिदा दियो । तर , यो बिदा पश्चिम नवलपरासीका तीनवटा स्थानीय तहले कार्यान्वयन गरेनन् । उनीहरूले आफ्नो पालिकाका थारू समुदायले भदौ १५ गते बड्का अत्तवारी पर्व मनाउने भन्दै भोलि आइतबार भदौ १५ गते पालिकामा सार्वजनिक बिदा दिएका छन् ।
प्रदेशले बिदा दिएको भदौ ८ गते कार्यालय सञ्चालन गरेका जिल्लाका पाल्हिनन्दन, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाले सूचना जारी गरेर भोलि सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रामग्राम, सुनवल नगरपालिका, प्रतापपुर र सरावल गाउँपालिकाले भने भदौ ८ गते नै बिदा दिएका थिए ।
यसरी एउटै पर्वमा पनि थारु समुदायबीचमै पर्वको मिति र तिथिमा फरक-फरक धारण आएपछि प्रदेश र स्थानीय तहले फरक दिन बिदा दिएका हुन् ।
