बर्दघाटबाट १८ गोरुसहित ट्रक नियन्त्रणमा

पश्चिम नवलपरासीको बर्दघाटबाट १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।

भाद्र १३, २०८२

नवीन पौडेल

Truck with 18 bulls under control from Bardghat

परासी — पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १८ ओटा गोरुसहित तस्करीमा प्रयोग गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।

बर्दघाट नगरपालिका–४ को टिसिएन चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ९१७७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र १८ वटा गोरु फेला पारेको थियो। तीमध्ये एक गोरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

गोरुलाई सुनवल नगरपालिका–३ कीर्तिपुरस्थित कामधेनु गौशालामा बुझाइएको छ।

घटनामा संलग्न ट्रक चालक मकवानपुर, हेटौंडा–१९ बस्तिपुरका २८ वर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully