कालीगण्डकी करिडोरको गुल्मी खण्ड एकतर्फी संचालनमा 

कालीगण्डकी करिडोरको गुल्मी खण्डमा मात्रै ८ किलोमिटरको दूरीमा तीन वटा पहिरो खस्ने गरेका छन् । जसका कारण करिडोरको गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

भाद्र १२, २०८२

सन्तोष महतारा

Gulmi section of Kaligandaki Corridor in one-way operation

गुल्मी — कालीगण्डकी करिडोरको गुल्मी खण्ड एकतर्फी संचालनमा आएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा अवरुद्ध सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

बुधबार साँझदेखि भएको वर्षाले बिहीबार बिहानदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध हुनासाथ उक्त सडक खुलाउने प्रयास गरिएको थियो । सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेका थिए । कालीगण्डकी करिडोरको गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनौटामा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । 

कालीगण्डकी करिडोरको गुल्मी खण्डमा मात्रै ८ किलोमिटरको दूरीमा तीन वटा पहिरो खस्ने गरेका छन् । जसका कारण करिडोरको गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । 

सन्तोष

Link copied successfully