लुम्बिनी प्रदेशमा नयाँ सचिवहरूको स्वागत

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ऊर्जा मन्त्रालयका सचिवहरूलाई प्रमुख सचिव बाबुराम अधिकारीले स्वागत गरेका छन्।

भाद्र ११, २०८२

दुर्गालाल केसी

Welcoming new secretaries in Lumbini Province

दाङ — लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूलाई स्वागत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार सचिवस्तरीय बैठकमा दुई जना सचिवलाई स्वागत गरिएको हो ।

प्रमुख सचिव बाबुराम अधिकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको जिम्मेवारी पाएका मोतिराम सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवको जिम्मेवारी पाएका चुर्णबहादुर ओलीलाई स्वागत गरेका छन् ।

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो । संघीयतालाई सफल बनाउन प्रदेशको कार्यसम्पादन र सेवा प्रवाहलाई चुस्त बनाउने गरी प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता सचिवहरूले व्यक्त गरेका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully