रामघाट नदीमा बेपत्ता बालकको शव भेटियो

नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ११ जनाले राति ८ बजेसम्म खोजतलास गरेका थिए ।

भाद्र १०, २०८२

मनोज पौडेल

of the missing child in the Ramghat river The body was found

कपिलवस्तु — तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत कपिलवस्तु नगरपालिका-३, को रामघाट नदीमा सोमबार साँझ बेपत्ता बालकको शव मंगलबार बिहान भेटिएको छ । 

भैंसी चराएर फर्किरहेका बेला नदीमा बेपत्ता भएका कपिलवस्तु-३, डेरवाका १४ वर्षीय मोहन चौहानको शव भेटिएको हो । रामघाट पुलको पूर्वपट्टि हनुमान मूर्तिको प्रतिमा नजिकै नदीभित्रै पानीमा शव भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । 

सोमबार साँझ ५ बजेर १० मिनेटमा बालक बेपत्ता भएको सूचना पाउनासाथ नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ११ जनाले राति ८ बजेसम्म खोजतलास गरेका थिए । शव पोस्टमार्टमकालागि कपिलवस्तु अस्पताल पठाइएको छ ।

मनोज पौडेल

Link copied successfully