४८ लाखको चाइनीज इलेक्ट्रिक चुरोट बरामद

मधुवन नगरपालिका-५ शक्तिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा ९ जनाले सीमा गस्ती गर्ने क्रममा उक्त चुरोट बरामद गरेको हो ।

भाद्र ९, २०८२

कमल पन्थी

Chinese electric cigarettes worth 48 lakhs seized

बर्दिया — सशस्त्र प्रहरी बल ३१ नम्बर गण बीओपी शक्तिपुरले ४८ लाख ५ हजार मूल्यको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको छ। बर्दियाको मधुवन नगरपालिका-५ शक्तिपुरमा सशस्त्र प्रहरी नायब निरीक्षक कमल बहादुर नेपालीको कमाण्डमा ९ जनाले सीमा गस्ती गर्ने क्रममा उक्त चुरोट बरामद गरेको हो ।

साइकलमा जाँदै गरेका तस्कर सशस्त्र प्रहरी देख्ना साथ चुरोट र साइकल छाडेर भागेको सशस्त्र प्रहरी बलले जनाएको छ । नेपालमा प्रतिबन्धित उक्त चुरोट भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार राति १२ बजे चुरोट बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।

स्पेसमेन एसपी ४०००० नामको चाइनीज चुरोट १ हजार ९ सय २० वटा रहेको सशस्त्र प्रहरी उपरीक्षक शाहीले जनाए । एउटा चुरोटको बजार मूल्य २ हजार ५ सय रहेको छ । बरामद गरिएको उक्त चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully