गैंडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका युवक सामान्य घाइते भएका छन् ।

भाद्र ८, २०८२

नवीन पौडेल

A young man on a motorcycle died after being hit by a truck in Ghandakot

नवलपुर — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गैंडाकोट र भरतपुर जोड्ने नारायणी नदि पुलमा ‍ना १ क ५१९९ नम्बरको ट्रकले ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गैंडाकोट नगरपालिका–४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका दाहालको उपचारको क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार स्थानीय प्रतीक घिमिरे सामान्य घाइते रहेका भएका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully