दुर्घटनामा प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दाङ — देउखुरीमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
मोटरसाइकल चालक ऐरावती गाउँपालिका–५ प्युठानका २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको बमले बताए ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । टिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।
