लुम्बिनी सांस्कृतिक नगरपालिकाका एसईई उत्तीर्ण एक सय छात्रालाई साइकल वितरण

भारतीय स्वतन्त्रता दिवसमा लुम्बिनीमा १०० छात्रालाई साइकल वितरण, शिक्षा र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने विश्वास।

भाद्र ७, २०८२

दीपेन्द्र बडुवाल

Distribution of bicycles to 100 female students who passed SEE of Lumbini Cultural Municipality

भैरहवा — नेपाल-भारत मैत्री केन्द्रले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई शनिबार साइकल वितरण गरेको छ ।

जिल्लाको ग्रामीण क्षेत्रबाट २०८१ सालको एसईई उत्तीर्ण छात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले साइकल वितरण गरिएको केन्द्रले जनाएको छ । यसपाली उक्त नगरपालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए । 

तीमध्ये आवश्यकता हेरी भारतीय स्वतन्त्रता दिवसको अवसरमा एक सय छात्रालाई साइकल वितरण गरिएको केन्द्रका अध्यक्ष सिद्वार्थ अग्रवालले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन् । उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेको बताइन् ।

सिद्वार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले भूमिका निर्वाह गर्न आग्रह गरिन् । 

यस्तै सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताए । साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल-भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने बताए । 

पूर्वअर्थ राज्यमन्त्री भरतकुमार शाहले साइकल वितरणले नेपाल-भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको दाबी गरे ।

नेपाल-भारत मैत्री केन्द्रका अध्यक्ष सिद्वार्थ अग्रवालले विभिन्न संस्थाका प्रतिनिधिले साइकल, छात्रवृत्ति लगायत प्रोत्साहन कार्यक्रमले छात्राहरूलाई उच्च शिक्षा हासिल गर्न र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने बताए ।

दीपेन्द्र

Link copied successfully