गुल्मीको राक्सेमा अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा

बिहीबार रातिदेखि पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आएको हो ।

भाद्र ६, २०८२

सन्तोष महतारा

Kaligandaki Corridor blocked at Rakse in Gulmi in one-way operation

गुल्मी — गुल्मीको राक्सेमा अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार रातिदेखि पहिरोका कारण अवरुद्ध सडक शुक्रबार बिहानदेखि सञ्चालनमा आएको हो ।

कालीगण्डकी करिडाेरकाे गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडाेर हुँदै हिड्ने यात्रुले सास्ती खेप्नुपरेको थियो ।

कालीगण्डकी करिडाेरकाे गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क, कनाैटा र बर्लवामा पटकपटक सडक अवरुद्ध हुने गरेकाे छ । कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा मात्रै ८ किलोमिटरको दुरीमा तीन ठाउँ पहिरो खस्ने गरेका छन् । जसका कारण करिडाेरकाे गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएकाे छ । 

सन्तोष

Link copied successfully