लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा

थारू समुदायको बसाइँ रहेका तराईका जिल्लामा अट्वरी पर्व मनाइँदैं

भाद्र ५, २०८२

घनश्याम गौतम

Public holiday on Sunday in 6 districts of Lumbini state

बुटवल — लुम्बिनी प्रदेश सरकारले बड्का अटवारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

थारु समुदायको बसोबास रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव कृष्णप्रसाद नेपालले बताए । थारू समुदायमा महत्वका साथ मनाइने बड्का अट्वारी पर्व यस वर्ष भदौ ८ गते आइतबार परेको छ ।

यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । यो पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully