जमेको पानीमा डुबेरमा उदयपुरमा एकजनाको मृत्यु

बेलुका अबेरसम्म घर नआएपछि खोजी गर्दा बुधबार दिउँसो तामाङको शव पानीको दलदल (होली)मा फेला परेको प्रहरीले जनाएको छ ।

भाद्र ४, २०८२

राकेश नेपाली

One person died in Udaipur due to drowning in frozen water

उदयपुर — उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगर टोलमा जमेको पानी (होली)मा डुबेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो खेतमा धान गोड्न एबीसी टापु निस्किएका बुधबारेका ५७ वर्षीय तिखे तामाङको पानीको दलदलमा डुबेर मृत्यु भएको हो । 

बेलुका अबेरसम्म घर नआएपछि खोजी गर्दा बुधबार दिउँसो तामाङको शव पानीको दलदल (होली)मा फेला परेको प्रहरीले जनाएको छ । ‘मंगलबार बेलुका अबेरसम्म खोज्दा नभेटिएपछि प्रहरीलाई खबर गरेका थियौं, बुधबार प्रहरीसहित खोजी गर्दा शान्तिनगरको बुधबारे पश्चिमस्थित होलीमा शव फेला पर्‍यो,’ मृतकका छोरा रमेश तामाङले भने ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले केहीदिनयता परेको अविरल वर्षाका कारण बाटोमा पानी जमेको र होली पार गर्न लाग्दा दलदलमा भासिएर तामाङको ज्यान गएको बताए  । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) पठाइएको उनले बताए ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully