खोज्न गएको हात्तीमाथि नै समस्याग्रस्त चितुवाको आक्रमण

बर्दिया मधुवन नगरपालिका–२ सोनाहा टोलस्थित चमेली गौरी सामुदायिक वनमा रहेको समस्याग्रस्त चितुवा खोज्न ५ वटा हात्ती परिचालन गरिएका थिए ।

भाद्र ४, २०८२

कमल पन्थी

A troublesome leopard attacks the elephant that went to look for it

बर्दिया — बुधबार दिउँसो समस्याग्रस्त चितुवा खोज्न गएको हात्तीमाथि नै चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणमा एउटा हात्तीलाई चिथोरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बर्दिया मधुवन नगरपालिका–२ सोनाहा टोलस्थित चमेली गौरी सामुदायिक वनमा रहेको समस्याग्रस्त चितुवा खोज्न ५ वटा हात्ती परिचालन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडलले चितुवाको आक्रमणमा हात्ती सामान्य घाइते भएको बताए । चितुवालाई हात्ती लगायत निकुञ्ज र डिभिजन वन कार्यालयका कर्मचारीले निगरानी राखेका छन् । चितुवा झाडीमा भएकोले राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जका प्राविधिक टोलीले डार्टिङ (बेहोस) गर्ने तयारीमा लागेको अधिकृत पौडेलले जनाए ।

चितुवा निकै आक्रमक भएकोले नियन्त्रणमा नलिएसम्म सर्वसाधरणलाई सतर्क रहन निकुञ्ज प्रशासनले आग्रह गरेको छ ।

विगत केही समययता बर्दियामा चितुवाले मानिसमाथि आक्रमण गरेका घटना बढेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully