प्रहरी र स्थानीयले बालकको शव पोखरीबाट निकाली पोस्टमार्टमका लागि बहादुरगन्जस्थित शिवराज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु — कृष्णनगर नगरपालिका-७, सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।
गाउँनजिकै रहेको सार्वजनिक पोखरीमा बिहीबार दिउँसो साढे २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढईका १२ वर्षे छोरा वर्षीय आकाश बढई र राजेन्द्र रैदासका ११ वर्षे छोरा अम्बर रैदासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
पोखरीमा डुबेर तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले बालकको शव पोखरीबाट निकाली पोस्टमार्टमका लागि बहादुरगन्जस्थित शिवराज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि साउन १५ गते वाणगंगा नगरपालिका-५ कोपवाका दुई बालकको पनि घोलामा नुहाउन गएका बेला डुबेर मृत्यु भएको थियो ।
