कालीगण्डकी करिडाेरकाे गुल्मी खण्ड एकतर्फी सञ्चालनमा

करिडाेरकाे गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनाैटामा पटकपटक सडक अवरुद्ध हुने गरेकाे छ ।

श्रावण २९, २०८२

सन्तोष महतारा

Gulmi section of Kaligandaki Corridor in one-way operation

गुल्मी — कालीगण्डकी करिडाेरकाे अवरुद्ध गुल्मी खण्ड एकतर्फी सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा माथिबाट चट्टानसहितको पहिरो खस्दा बुधबारदेखि अवरुद्ध सडक आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडाेर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेेका थिए । कालीगण्डकी करिडाेरकाे गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनाैटामा पटकपटक सडक अवरुद्ध हुने गरेकाे छ । 

कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा मात्रै ८ किलोमिटरको दुरीमा तीन वटा पहिरो खस्ने गरेका छन् । जसका कारण करिडाेरकाे गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएकाे छ । 

यस्तै, रुद्रवेणी-वामी खण्डकाे डहरे खाेलामा पानीको बहाव घटेपछि बुटवल-बुर्तिबाङ सडक सञ्चालनमा आएको छ । बुटवल तम्घास सडकखण्डकाे रिडी-तम्घास खण्ड भने रुरुक्षेत्र गाउँपालिका-३ सल्लेरीमा पहिरो खसेर अवरुद्ध छ । यस सडकखण्डमा वैकल्पिक सडक प्रयोग गरिएको छ । 

सन्तोष महतारा

Link copied successfully