सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको भुतखोलामा पुन: सडक भासियो 

राजमार्ग कम्तीमा २५ मिटर लम्बाईमा भासिएको छ । सडक भासिएको स्थानको तल्लो भागमा तिनाउ खोला रहेको छ । जोखिमका बीच अहिले सवारी साधन एकतर्फी सञ्चालन भइरहेको स्थानीय टंक बस्यालले जानकारी दिए ।

श्रावण २८, २०८२

माधव अर्याल

The road washed away again in Bhutkhola of Palpa-Butwal section of Siddharth Highway

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान भूतखोला नजिकैको सडक पुन: भासिएको छ । 

सात वर्षअघि भासिन सुरु भएको सडकमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको थियो । कालोपत्र एकतर्फी नसकिँदै पुन: सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएको छ । राजमार्ग कम्तीमा २५ मिटर लम्बाईमा भासिएको छ । सडक भासिएको स्थानको तल्लो भागमा तिनाउ खोला रहेको छ । 

जोखिमका बीच अहिले सवारी साधन एकतर्फी सञ्चालन भइरहेको स्थानीय टंक बस्यालले जानकारी दिए । यसअघि पनि सोही स्थानमा सडक भासिएपछि सवारी साधन एकतर्फी सञ्चालनमा गराइएको थियो । ६ महिनादेखि दुईतर्फी यातायातका साधन संचालन भए पनि पुनः सडक भासिएको छ । सडकको भित्रभित्र पानी बगेको अनुमान प्राविधिकको छ । राजमार्ग भएर तराईका साथ गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्मका सवारी साधन यही बाटो भएर गुड्छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully