ट्रक र टिपर ठोक्किँदा एकको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मा ना५ख ३६१० नम्बरको ट्रक र भे१ख ३१६९ नम्बरको टिपर ठोक्किँदा भुवबहादुर खत्रीको निधन भएको छ।

श्रावण २८, २०८२

रुपा गहतराज

One killed in truck-tipper collision

नेपालगन्ज — पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाँके खण्डमा ट्रक र टिपर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रक र टिपर दुवै कोहलपुरतर्फ आइरहेका थिए । पछाडिबाट टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका– २, मुगुखा खोला नजिक बुधबार ना५ख ३६१० नम्बरको ट्रक र भे१ख ३१६९ नम्बरको टिपर ठोक्किँदा टिपरमा सवार राप्तीसोनारी–१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीको मृत्यु भएको हो ।

टिपरमा सवार कोहलपुर–१५ का २५ वर्षीय सुदीप चौधरी घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । खत्रीको शव भेरी अस्पताल, नेपालगन्जमा ल्याइएको छ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully