कालीगण्डकी करिडाेरकाे गुल्मी सडक खण्ड अवरुद्ध

कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

श्रावण २८, २०८२

सन्तोष महतारा

Gulmi road section of Kaligandaki Corridor is blocked

गुल्मी — कालीगण्डकी करिडाेरकाे गुल्मी सडक खण्ड अवरुद्ध भएको छ ।

कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा माथिबाट चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

बुधबार बिहानदेखि भइरहेको वर्षाका कारण पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । सडक अवरुद्ध हुँदा स्थानीय तथा करिडाेर हुँदै हिँड्ने यात्रुले सास्ती खेपेेका छन् ।

कालीगण्डकी करिडाेरकाे गुल्मी खण्डमा गरगरे, राक्से, मुल्क र कनाैटामा पटकपटक सडक अवरुद्ध हुने गरेकाे छ । 

कालीगण्डकी गाउँपालिकाकै वडा नम्बर १,२ र ३ मा मात्रै ८ किलोमिटरको दूरीमा तीन वटा पहिरो खस्ने गरेका छन् । जसका कारण करिडाेरकाे गुल्मी खण्ड पटकपटक अवरुद्ध हुँदै आएकाे छ । 

सन्तोष

Link copied successfully