दाउन्नेमा १४ किलोमिटर पार गर्न चार घण्टा !

बुटवलतर्फ जाने दाउन्ने सडक बढी उकालो र हिलो भएका कारण सवारी साधनहरु चिप्लिएर समस्या भएको छ ।

श्रावण २६, २०८२

नारायण शर्मा

Four hours to cross 14 kilometers in Daune!

नवलपरासी — वर्षातका कारण दाउन्नेमा सडक हिलाम्ये भएपछि घण्टौ जाम भएको छ । सोमबार बिहान ४ बजे दुम्कीवास पुगेको गाडी दाउन्नेको १४ किलोमिटर दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लागेको थियो ।

जिल्ला ट्राफिक प्रहरी निरीक्षक जनक बन्जराका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर आसपासमा हिलोका कारण दाउन्ने हुँदै बुटवलतर्फ सवारीलाई जान धौधौ भएको छ । 

बर्दघाट हुँदै नारायणगढतर्फ आउने गाडी भने जेनतेन ३/४ घण्टामा वारपार गरीरहेको बन्जाराले सुनाए । बुटवलतर्फ जाने दाउन्ने सडक बढी उकालो भएका कारण चिप्लिएर समस्या भएको छ ।

नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी विश्कर्मा मन्दिर र त्यो भन्दा पश्चिम ६५ मोडमा उक्लिन (चढ्न) घण्टौ समय लाग्ने गरेको छ ।

महेन्द्र राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले दाउन्नेमा कछुवा गतिमा काम गरेका कारण सामान्य वर्षात् हुनासाथ त्यहाँ घण्टौं जाम हुने गरेको छ ।

पूर्वी नवलपरासी र आसपासमा सोमबार बिहानैदेखि पानी परिरहेको छ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully