पौडी खेल्नेक्रममा बालक बेपत्ता 

बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ।

श्रावण २३, २०८२

नवीन पौडेल

Child goes missing while swimming

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ स्थित खोलामा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता भएका छन्। सुनवल नगरपालिका-१२ बस्ने वर्ष १२ को सुदीप घर्ती बेपत्ता भएका हुन्।

बिहीवार साँझ  बेपत्ता भएका घर्तीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।

बेपत्ता बालकको लुगा र चप्पल खोलाको छेउमा भेटिएको छ। बिहीबार स्थानीय र प्रहरीले खोजी कार्य गर्दा नभेटिएपछि आज सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टिम आएर खोजी कार्य गरिरहेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully