दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दुईतर्फी यातायात अवरुद्ध

गिट्टी हालेर समस्या समाधानको प्रयास भइरहेको छ भने राजमार्गमा सवारीको लाम लागेको छ ।

श्रावण २२, २०८२

नवीन पौडेल

Two-way traffic blocked near the Vishwakarma temple in Daune

परासी — पूर्वी नवलपरासीको दाउन्ने सडकखण्ड अन्तर्गत विश्वकर्मा मन्दिर नजिकै सडक चिप्लो हुँदा यातायात अवरुद्ध भएको छ ।

बिहीबार बिहान ८ बजे विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा मालवाहक सवारी उकालो उक्लन नसकेपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए । सोमबार र मंगलबार अवरुद्ध सडक बुधबारबाट दुईतर्फी सञ्चालनमा आएको थियो । 

बिहीबार बिहान सडक चिप्लो भएपछि मालवाहक सवारी पूर्वबाट पश्चिम तर्फ जान नसकेपछि सवारीको जाम लागेको हो । चिप्लो भएको स्थानमा गिट्टी हालेर सवारी चलाउने प्रयास भइरहेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully