खोलामा पानीको बहाव बढी भएकाले उद्धार कार्यमा कठिनाई भएको निकुञ्जले जनाएको छ ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा परी मंगलबारदेखि बेपत्ता भएका युवाको अवस्था अज्ञात छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बुधबार अबेलासम्म खोजी राखे पनि फेला परेको छैन । खोजी कार्यमा निकुञ्जको दुई वटा हात्ती र मोटरबोटको प्रयोग गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले विहीबार बिहानदेखि खोजी कार्य भइरहेको बताए । कर्णाली नदीको भंगालो खौराहा खोलामा गोहीले झम्टेका मधुवन नपा–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारु बेपत्ता भएको उनले जनाए ।
पौडेलका अनुसार खौराहा खोलमा पौडी खेलिरहेका बेला गोहीले आक्रमण गर्दा थारुलाई गोहीले आक्रमण गरेको थियो । मंगलबार साँझ करिब ५ बजे पौडी खेल्न गएका सोही ठाउँका तीन जना युवा मध्ये दुई जना सकुशल निस्केका थिए ।
खोलामा पानीको बहाव बढी भएकाले उद्धार कार्यमा कठिनाई भएको निकुञ्जले जनाएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक रहेको खौराहा खोलामा मंगलबार पौडी खेल्न गएका मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारु बेपत्ता भएकाको खोजीमा हात्ती र मोटरबोट प्रयोग गरिएको छ ।
