बर्दियाको कर्णालीमा बेवारिसे शव फेला

प्रहरी टोलीले शव प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पोस्टमार्टमका लागि लगिएको डीएसपी पालले बताए ।

श्रावण २१, २०८२

कमल पन्थी

An abandoned body was found in Karnali, Bardia

बर्दिया — गेरुवा गाउँपालिका–६ गुप्तीपुरस्थित कर्णाली भंगालो गेरुवा नदी किनारमा एक पुरुषको शव फेला परेको छ । 

अन्दाजी ५५ वर्षका देखिने पुरुषको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालले बताए । उनका अनुसार शव पहिचान भएको छैन । 

नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई बुधबार दिउँसो ३ बजेतिर जानकारी गराएका थिए । लगत्तै प्रहरी चौकी मनाउ, ईलाका प्रहरी कार्यालय, पाताभार र राजापुरबाट खटिएको टोली घटनास्थलमा पुगेका थिए । प्रहरी टोलीले शव प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पोस्टमार्टमका लागि लगिएको डीएसपी पालले बताए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully