गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन सडक अवरुद्ध

गुल्मीको कालीगण्डकी करिडोरमा पहिरोका कारण सडक अवरुद्ध भएको छ भने रिडी–खर्ज्याङ सडक पनि अवरुद्ध भएको छ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Three roads blocked in Gulmi including Kaligandaki Corridor

गुल्मी — गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन सडक अवरुद्ध भएका छन्। मंगलबार बिहानदेखि कालीगण्डकी करिडोर, रुद्रवेणी–वामी र रिडी–खर्ज्याङ सडक अवरुद्ध रहेका छन्।

कालीगण्डकी करिडोरका गरगरे, राक्से र कनौटामा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। अवरुद्ध उक्त सडकखण्ड कालीगण्डकी गाउँपालिका–१, २ र ३ मा पर्दछ। त्यसैगरी रिडी–खर्ज्याङ सडक पनि अवरुद्ध भएको छ।

सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला र तल्लोफाँट खोलामा समेत सडक अवरुद्ध भएको छ। यो बुटवल–बुर्तिवाङ सडकखण्डको रुद्रवेणी–वामी खण्डमा पर्दछ।

गुल्मीसहित आसपासका क्षेत्रमा विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेकोले पहिरोका कारण सडक अवरुद्ध भएको हो।

कान्तिपुर

Link copied successfully