कुलोमा खसेर बालिकाको मृत्यु

खेल्दै गर्दा कुलोमा खसेर गम्भीर घाइते भएकी दुई वर्षीया शुष्मा बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रावण २०, २०८२

दुर्गालाल केसी

The girl died after falling down the hill

दाङ — तुलसीपुरमा कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१४, गोठुवाकी दुई वर्षीया शुष्मा बस्नेतको सोमबार बेलुका घरआगनमै खेल्ने क्रममा नजिकैको कुलोमा खसेर मृत्यु भएको हो ।

कुलोमा बगेर गम्भिर घाइते भएकी बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा राती मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully