बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ ।
परासी — सरकारले बजेटमा उखु किसानका लागि अनुदान रकम कटौती गरेको भन्दै पश्चिम नवलपरासीका किसानले प्रदर्शन गरेका छ्न् ।
इन्दिरा सुगर मिल प्रतापपुरको गेट अगाडि किसानले प्रदर्शन गरेको उखु उत्पादक किसान समिति नवलपरासीका कार्यवहाक अध्यक्ष खेमनारायण गुरवले बताए ।
उनीहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग तत्काल सम्बोधन गर्न भन्दै टायर बालेर नाराबाजी गरेका थिए ।
यसअघि आइतबार जिल्लाका किसानले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका थिए । बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ ।
उद्योगीले पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो । किसानले यो वर्ष उखु काटेर उद्योगलाई बिक्री गरेर अनुदानको पर्खाइमा रहेको समयमा सरकारले भने अनुदान रकम कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।
