बर्दियामा गोहीको आक्रमणमा परेर युवक बेपत्ता

खौराहा खोलामा पौडी खेलिरहँदा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय युवक बेपत्ता भएका हुन् ।

श्रावण २०, २०८२

कमल पन्थी

A young man is missing after being attacked by a crocodile in Bardia

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक गोहीको आक्रमणमा परेर युवक बेपत्ता भएका छन् ।

निकुञ्जका सूचना अधिकारी एवम् वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार खौराहा खोलामा पौडी खेलिरहँदा गोहीले आक्रमण गर्दा मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुपमिलन थारु बेपत्ता भएका छन् ।

‘पौडी खेल्न उनीसहित तीन जना गएका थिए,’ उनले भने, ‘गोही आयो भन्दा भन्दै दुई जना पौडेर बाहिर आए तर थारुलाई गोहीले झम्टियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’ 

भर्खर १२ कक्षा उर्तिण गरेका थारुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, बगनाहा भुरीगाउँका प्रहरी निरीक्षक उत्तम जिसीले बताए । केहीबेर अघि प्रहरीको टोली उद्धार कार्यमा खटिएको उनले बताए । निकुञ्जबाट हात्ती झिकाएर खोजी गर्ने तयारीमा लागेको उनले जानकारी दिए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully