पक्राउ पर्नेमा बढैयाताल गाउॅपालिका–३ पुष्पनगरका २८ वर्षीय आदित्य परियार रहेका छन् ।
बर्दिया — चोरीसम्बन्धी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी चक्रबहादुर डमरपालका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउॅपालिका–३ पुष्पनगरका २८ वर्षीय आदित्य परियार रहेका छन् ।
उनलाई सोही पालिका–७ कर्णालीपुलस्थित नेपाल भारत सीमामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको उनले जनाए ।
उनीविरुद्धको मुद्दामा जिल्ला अदालत बर्दियाले २०८१ भदौ १७ गते ४ महिना २४ दिन कैद, ५ हजार जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा हुने गरी फैसला गरेको थियो । उनलाई आइतवार जिल्ला अदालतमा दाखिला गरिएको छ ।
