कालीगण्डकी करिडोरको गुल्मी खण्ड पटक पटक अवरुद्ध

गुल्मीका प्रहरीका अनुसार बिहीबार बिहान मात्रै सडक अवरुद्ध भए पनि छिनभरमै पुनः सञ्चालनमा आएको छ।

श्रावण १६, २०८२

सन्तोष महतारा

Gulmi section of Kaligandaki Corridor has been repeatedly blocked

गुल्मी — यस वर्षको वर्षायाममा त्यति धेरै वर्षा नपरे पनि कालीगण्डकी करिडोरको गुल्मी खण्ड सुख्खा पहिरोका कारण पटक पटक अवरुद्ध हुने गरेको छ । चट्टानसहित खसेको पहिरोका कारण मुख्य गरी कालीगण्डकी गाउँपालिका–१ गरगरे र वडा नम्बर ६ बर्लवामा सडक अवरुद्ध हुने गरेको हो ।

असारमै १० पटकभन्दा बढी अवरुद्ध भएको सो सडक साउनपछि पनि पाँच पटक अवरुद्ध भइसकेको छ । बिहीबार बिहान मात्रै पनि गरगरेमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । तर, उक्त सडक बिहीबार बिहान नै खुलेको थियो ।

प्रहरी र जनप्रतिनिधिको सक्रियतामा निर्माण व्यवसायीले अवरुद्ध सडक खुलाउन सहयोग गरिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले गुल्मीस्थित सडकहरू अवरुद्ध भएमा निर्माण भइरहेको वा सडक हस्तान्तरण नभएको अवस्थामा निर्माण गरिरहेको व्यवसायीले सडक खुलाउने निर्णय गरेको थियो । हाल करिडोरको अवरुद्ध सडक कालिका कन्स्ट्रक्सनले खुलाइरहेको कम्पनीका प्रतिनिधि महेश सुवेदीले जानकारी दिए । सडक अवरुद्ध हुनासाथ खुलाइने गरेको उनले बताए ।

जसअनुसार कालीगण्डकी करिडोरको गुल्मी खण्ड अवरुद्ध हुँदा कालिका कन्स्ट्रक्सनले सडक खुलाएर सहयोग गरिरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी सडक खण्ड पटक पटक अवरुद्ध भए पनि छिनभरमै खुल्ने गरेको गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

सन्तोष

Link copied successfully