सर्पले डसेर शिक्षकको मृत्यु

श्रावण १३, २०८२

दुर्गालाल केसी

Teacher dies of snake bite

दाङ — सर्पले डसेर देउखुरीस्थित एक सामुदायिक विद्यालयका शिक्षकको मृत्यु भएको छ ।

राजपुर गाउँपालिका–३, खरदरीयास्थित शंकर माध्यमिक विद्यालयका शिक्षक शालिकराम यादवको सोमबार सर्पले डसेर मृत्यु भएको हो ।

खरदरीयास्थित घरमै सर्पले डसेर गम्भीर बिरामी परेका यादवको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully