आज देउखुरीका तीन स्थानीय तहमा बिदा

श्रावण १३, २०८२

दुर्गालाल केसी

Holiday in three local levels of Deukhuri today

दाङ — विभिन्न पर्वका अवसरमा देउखुरी उपत्यकाका तीन स्थानीय तहले आज बिदा दिएका छन् ।

लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले नागपञ्चमी, थारु समुदायको गुरही र मधेशी समुदायको गुडिया पर्वको अवसरमा विदा दिएका हुन् । तीन स्थानीय तहले सार्वजनीक सूचना जारी गरी आज स्थानीय तहको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगाएत स्थानीय तह मातहतका अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द रहने गरी विदा प्रदान गरिएको जानकारी दिएका छन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully