युवकले गरे प्रेमिकाको हत्या 

उनीहरू केही वर्षदेखि 'लिभिङ टुगेदरमा' थिए, प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी छन्

श्रावण १०, २०८२

रुपा गहतराज

The young man killed his girlfriend

नेपालगन्ज — बाँकेको नेपालगन्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा बस्दै आएका ३३ वर्षीय प्रकाश सुनारले १९ वर्षीया निर्मला थापाको हत्या गरेका हुन् । स्थानीयका अनुसार उनीहरू केही वर्षदेखि कोठामा सँगै बस्दै आएका थिए । 

बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दीपक पतालीका अनुसार निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी कोठा बन्द गरेर प्रकाश फरार भएका थिए ।

घटनाको एक दिनपछि प्रकाशले मृतकका परिवारलाई फोन गरेर आफूले निर्मलाको हत्या गरेको खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेमा शुक्रबार बिहान फोन गरेर निर्मलाको हत्या आफूले गरेको स्वीकार गर्दै आत्मसमर्पणका लागि प्रहरी कार्यालयमा जादै गर्दा प्रहरीले उनलाई प्रहरीले बीचबाटो धम्बोझी नजिकबाटै नियन्त्रणमा लिएको थियो ।

अभियुक्त प्रकाशले दिएको सूचनाका आधारमा उनीहरू बस्दै आएको डेरामा प्रहरी पुगेर मृतक निर्मलाको शव फेला पारेको थियो ।

विवाहित प्रकाशको घरमा श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । ‘अभियुक्त प्रकाशले निर्मला मेरो कान्छी श्रीमती हो भन्ने बयान दिएका छन् । डीएसपी पतालीले भने, ‘हत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन, अनुसन्धानमा छौं ।’ 

दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटर थिइन् भने प्रकाश स्थानीय स्वस्तिक कटेजमा काम गरिरहेका थिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully